खुल्ने समय: आईतबार देखि बिहिबार ( १० बजे देखि ५ बजे सम्म ) र शुक्रबार ३ बजे सम्म

सुदूरपश्चिम प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय

राजपुर, डोटी

सोधिने प्रश्नहरू

योजना मर्मतका लागी आवश्यक पर्ने कागजातहरु ?

१. समितिको निर्णय २. स्थलगतको रङ्गिन फोटो ३. वडा सिफारिस ४. प्रहरी मुचुल्का ५. रु.१०/- को टिकेट टाँस सहित निवेदन

अधुरो सिंचाइ योजना को लागी आवश्यक पर्ने कागजातहरु ?

१. समितिको निर्णय २. स्थलगतको रङ्गिन फोटो ३. वडा सिफारिस ४. रु.१०/- को टिकेट सहितको निवेदन

उ.स.को खाता सञ्चालन गर्दा पेश गर्नुपर्ने कागजातहरु ?

१.उ.स. को बैठक को निर्णय २.खाता सञ्चालन गर्दा समितिको अध्यक्ष, सचिब र कोषाध्यक्ष गरी ३ जना को संयुक्त दस्तखतबाट मात्र सञ्चालन हुनेछ र खाता सञ्चालकहरु मध्ये कम्तिमा १ जना महिला अनिवार्य हुनुपर्ने छ। २.खाता सञ्चालन गर्ने पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी ३.निवेदन

धरौटी रकम निकाल्दा पेश गर्नुपर्ने कागजातहरु ?

१.वडा सिफारिस २.उ.स. को बैठकको निर्णय ३.सार्वजनिक लेखापरीक्षण ४.उ.स.को सञ्चालन खाताको चेक बुकको प्रतिलीपी ५.निवेदन

योजनाको विल भुक्तानी गर्दा पेश गर्नु पर्ने कागजातहरु ?

१.उ.स को बैठकको निर्णय २.भ्याट विल ३.डोर हाजिरी ४.ढुवानीको भरपाई(गाडीको ब्लु बुक, ड्राइभिङ्ग लाइसेन्स) ५.उ.स.को खाताको चेक बुकको प्रतिलिपी ६.निर्माण गरिएको संरचनाको फोटोहरु ७.सामाजिक लेखा परीक्षण ८.निवेदन

उपभोक्ता संस्था सम्झौता गराउँदा चाहिने कागजातहरु के के हुन ?

१.उपभोक्ता समितिको बैठकको निर्णय २.आमभेलाको फोटो ३.वडाको सिफारिस ४.सूचना टाँस मुचुल्का ५.समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी ५.निवेदन

ग्याविन जाली तथा पाइप माग गर्दा पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

१.वडा सिफारिस २.प्रहरी मुचुल्का/जिल्ला प्रशासनको सिफारिस पत्र ३.स्थलगत फोटो ४.नागरिकताको प्रतिलिपी ५.निवेदन

नयाँ सिंचाइ तथा तटबन्धन योजनाहरु माग गर्दा चाहिने कागजातहरु ?

१.वडा सिफारिस २.अनुरोध फाराम भरेको हुनुपर्ने ३.निवेदन

उपभोक्ता संस्था नविकरण गराउँदा चाहिने कागजातहरु के के हुन ?

१.उ.स.को बैठक को निर्णय २.आमभेलाको फोटोहरु ३.लेखापरीक्षण प्रतिवेदन ४.निवेदन

उपभोक्ता संस्था दर्ता गराउँदा पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

१.उपभोक्ता समितिको बैठकको निर्णय २.आमभेलाको फोटो ३.वडाको सिफारिस ४.विधान २ प्रति ५.अनुरोध फाराम १ प्रति ६.सूचना टाँस मुचुल्का ७.१ रोपनीको रु.२.५ /- का दरले जम्मा गरिएको बैंक भौचर(रा.बा.बैंक खाता नं. 4100100202030000) ८.समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी ९.निवेदन